पौष २९ देखि अमरसिंह चौरमा पोखरा महोत्सव

पाेखरा | पुस १६, २०८२

पौष २९ देखि अमरसिंह चौरमा पोखरा महोत्सव

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । 

 

उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

महोत्सवमा २ सय ५० स्टल रहने क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । उनका अनुसार स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको छ । 

 

यस्तै महोत्सवमा नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रर्दशनी, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने प्रचार प्रसार उपसमितिका संयोजक दिनेश सुनारले बताए ।

 

उनका अनुसार महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रर्दशनी, औद्योगिक उत्पादनको प्रर्दशनी एवम् विक्री वितरण हुनेछ ।

 

पोखरा लगायत यस्तै विभिन्न पर्यटीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता साथै कृषिका गतिविधिहरु सञ्चालन हुनेछन् ।

 

सांगीतिक आकर्षणतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछनभने लाईभ कन्सर्टतर्फ पूर्ण राई, डी मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीसंगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ । 
 

पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल,  पोखरा सेकुवा घर, अफिसियल इन्टरनेट भायानेट, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ पार्टनरमा सोल्टी, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि, सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, प्रवद्र्धकमा परिचय, ग्रुमिङ पार्टनरमा ववि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, पेमेन्ट पार्टनरमा रेभल अफिसियल टेलिभिजनमा फेवा टेलिभिजन एचडी र एबीसी टेलिभिजन रहेकाे छ । 

 

महोत्सवमा २ लाख ५० हजार हाराहारीमा दर्शकको उपस्थिती रहने अनुमान गरिएको छ भने, १ करोड ५१ लाख, ७५ हजार आम्दानी हुने र १करोड २३ लाख , ६० हजार खर्च हुने आयोजकको अपेक्षा छ ।

पोखरा:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्।   यसअन्तर्गत विहिब...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्